झापा , असार ११ । भद्रपुर माध्यमिक विद्यालयका पूर्व प्रधानाध्यापक प्रमोदचन्द्र शर्माको निधन भएको छ ।

भद्रपुर –८ निवासी शर्माको आज विहान ८२ वर्षको उमेरमा घरमै निधन भएको हो । उनी कलेजोको समस्याबाट प्रभावित थिए । उनले २०३१ देखि २०५९ सम्म भद्रपुर माध्यमिक विद्यालयको प्रधानाध्यापक भएर चलाएको पूर्व प्रधानाध्यापक कुमार गुरुङले जानकारी दिए । उनको आज बिहान ११ बजे देउनियाको विश्रान्ति घाटमा अन्त्येष्टि गरिने परिवारले जनाएको छ । शर्माका दुई छोरा र तीन छोरी रहेका छन् ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्