झापा, असार ११ । झापाको कमल गाउँपालिकामा चट्याङले लागेर एकजनाको मृत्यु भएको छ ।

आज बिहान ७ बजेको समयमा कमल गाउँपालिका वडा नम्वर २ समाईगढ बस्ने ४६ वर्षीय राजन खड्काको चट्याङले लागेर मृत्यु भएको हो ।

आफ्नै घरबाट खेततर्फ जाने क्रममा अचानक परेको चट्याङले लागेर घाईते भएका खड्कालाई उपचारको लागि आम्दा अस्पताल दमक लगिएकोमा बिहान ७ः४५ बजे अस्पताल पुर्याउनासाथ चिकित्सकले मृत घोषणा गरेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्