झापा, असार ११ । पूर्वमा करेन्ट लागेर दुईजनाको मृत्यु भएको छ ।

मृत्यु हुनेमा एक महिला र अर्का पुरुष छन् । इटहरी उपमहानगरपालिका १३ स्थित मिनरल वाटर बनाउने एलायन्स फर्मा पोलि प्रालिमा काम गर्ने २७ वर्षीय अर्जुन यादबको करेन्ट लागेर मृत्यु भएको हो । सुनसरी कोशी गाउँपालिका १ लौकही घर भएका यादवलाई मोटरबाट जोडिएको तारले करेन्ट लागेको थियो ।

त्यस्तै सप्तरीमा एक महिलाको मृत्यु भएको छ । सप्तरीको सुरुङ्गा नगरपालिका १ रामपुर बस्ने ५० वर्षीया उर्मिलादेवी थारुलाई मोटरबाट खेतमा पानी लगाउन खोज्दा करेन्ट लागेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्