झापा, असार ११ । कमल खोलाको बाढीले झापाको शिवसताक्षी नगरपालिका वडा नम्बर ३ कमलझोडाका १० घरपरिवार डुबानको जोखिममा परेका छन् ।

आज बिहानदेखि परेको अविरल बर्षाका कारण कमल खोलाको पानीको बहाब बढेर शिवसताक्षी नगरपालिका वडा नम्बर ३ कमलझोडा बस्ने१० घरपरिवार डुबानको जोखिममा परेका हुन् । इलाका प्रहरी कार्यालय झिलझिलेबाट प्रहरी निरीक्षक अनिश बुढाथोकीको कमाण्डमा १० जनाको टोली शिवसताक्षी नगरपालिका ३ नम्बर वडा कार्यालयसंग समन्वय गरी डुवान जोखिममा रहेका घरपरिवारलाई सुरक्षित स्थानमा सार्न खटिएको थियो ।

शिवसताक्षी नगरपालिका ३ बस्ने छबिलाल दाहालको दुईजनाको परिवारलाई सोही ठाउँमा रहेको शिवालय मन्दिरमा स्थानान्तरण गरिएको र अन्य घरपरिवारहरु आफ्नै घरमा रहेको प्रहरी निरीक्षक बुढाथोकीले जानकारी दिए ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्