झापा, असार ११ । झापामा चट्याङले लागेर थप एकजनाको मृत्यु भएको छ ।

झापा गाउँपालिका वडा नं ४ दोसाकी बस्ने ५० वर्षीय मन्जुर आलमको मृत्यु भएको हो । आज बिहान ९ बजे आफ्नो खेतमा आली लगाउँदै गरेका उनको चट्याङले लागेर घटनास्थलमै मृत्युु भएको आफन्तले जनाएका छन् । योसंगै झापामा एकैदिन चट्याङले लागेर मृत्यु हुनेको संख्या तीन पुगेको छ ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्