झापा, असार १२ । ओखलढुंगामा अविरल वर्षाका कारण पहिरोले घर र गोठ पुरिँदा एकजनाको मृत्यु भएको छ ।

ओखलढुंगाको चिशंखुगढी गाउँपालिका ५ स्थित थुम्की बस्ने ३९ वर्षीय बाबुराम खत्रीको घर र गोठ पुरिएर एक जनाको घटनास्थलमै मृत्यु भएको हो ।

मृत्यु हुनेमा खत्रीकी श्रीमती ३५ वर्षीया देवकुमारी खत्री रहेको प्रहरीले जनाएको छ । घर पुरिँदा खत्री र उनकी १८ वर्षीया मेनुका खत्री घाइते भएका छन् । उनीहरुको स्थानीय मेडिकलमा उपचार भइरहेको छ ।

मृतकको शव घटनास्थलबाट उद्धार गरी कानुनी प्रक्रिया सुरु गरेको जिल्ला प्रहरी कार्यालय ओखलढुंगाले जनाएको छ ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्