झापा, असार १२ । नेपाली सेनाका सहायक रथी धनबहादुर थापालाई मातृशोक परेको छ ।

बिर्तामोड– १० तेलगानी निवासी थापाकी आमा अम्बिकादेवी थापाको ९४ बर्षको उमेरमा गएराति ९ .५५ बजे निधन भएको हो । केही समयदेखि अस्वस्थ्य रहेकी अम्बिकादेवीको इटहरीस्थित सैनिक अस्पतालमा उपचार भइरहेको थियो । उपचारकै क्रममा उनको निधन भएको हो ।
आज विहान १०.३० वजे कन्काई माईमा अन्त्येष्टि गरिने परिवारले जनाएका छन् ।