झापा,असार १२ । जुडो खेलाडी मनिता श्रेष्ठ प्रधानले यसै वर्ष हुने पेरिस ओलम्पिकमा नेपालको प्रतिनिधित्व गर्ने भएकी छिन् । नेपाल ओलम्पिक कमिटीका कार्यकारी सचिव सुजनलाल श्रेष्ठकाअनुसार उनलाई वाइल्ड कार्ड प्राप्त भएको हो ।
मनिताले महिला ५७ केजी तौल समूह मुनि प्रतिस्पर्धा गर्नेछिन् । उनी ओलम्पिक स्कलरसिप प्राप्त खेलाडी समेत हुन् ।

पेरिस ओलम्पिकमा मनितासँगै सहभागी हुने नेपाली खेलाडीका संख्या सात पुगेको छ । यसअघि पेरिस ओलम्पिकमा खेल्ने तय भइसकेका खेलाडीमा टेबल टेनिसका स्यान्टु श्रेष्ठ, एथलेटिक्सका सन्तोष श्रेष्ठ, ब्याडमिन्टनका प्रिन्स दाहाल, सुटिङकी सुस्मिता नेपाल तथा पौडीका एलेक्जान्डर शाह र डुवाना लामा रहेका छन् ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्