झापा, असार १२ । गायन रियालिटी सो ‘द भ्वाइस किड्स सिजन २’ बाट चर्चा कमाएकी बालगायिका टेरेसा विश्वकर्माको स्वरमा ‘मेरो मनको कथा’ बोलको म्युजिक भिडियो सार्वजनिक गरिएको छ ।

गीतकार उर्मिला बस्नेतको शब्द रचना र हरि लम्सालको सङ्गीत रहेको गीतमा टेरेसालाई नै मुख्य पात्रका रूपमा देखाइएको छ । गीतमा बुवाआमाको बिछोडपछि होस्टल वा आश्रममा बस्न विवश बच्चालाई कतिसम्म पीडा हुन्छ भन्ने देखाइएको छ । टेरेसासँगै सुवास, सोनिका र अन्विशालगायत कलाकारको अभिनय रहेको गीतमा विकास धमलाको सम्पादन र निकेश खड्काको निर्देशन रहेको छ ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्