झापा, असार १२ । बाह्रदशी उद्योग वाणिज्य संघको अध्यक्षमा पुनः खगेन्द्रवहादुर कार्की चयन भएका छन् ।

संघको दोस्रो अधिवेशनबाट कार्की पुनः अध्यक्षमा चयन भएका हुन् ।बाह्रदशी गाउँपालिकामा रहेका व्यवसायीहरुले २०७२ सालमा कार्कीको अध्यक्षतामा उद्योग वाणिज्य संघ स्थापना गरेका थिए । संस्थापक अध्यक्षसमेत रहेका कार्की दोस्रो कार्यकालका लागि पुनः अध्यक्षमा सर्वसम्मत चयन भएका हुन् ।समितिको उपाध्यक्षमा रेणुका भुर्तेल, सचिवमा जयनारायण आचार्य र कोषाध्यक्षमा कृष्ण थापा चयन भएका छन् । त्यस्तै सदस्यमा पदम गिरी, लोकनाथ संग्रौला, जयबहादुर बुढाथोकी, सुशीला राजवंशी, धर्म उप्रेती, दुर्गा राउत, गायत्री कुमारी साह, डम्बर राज थापा र टंकबहादुर रसाइली रहेका छन् ।

कार्यक्रममा प्रमुख अतिथिसमेत रहेका बाह्रदशी गाउँपालिका अध्यक्ष देविन्द्रप्रसाद चम्लगाई, उपाध्यक्ष शान्तादेवी शिवाकोटी खरेल, बाह्रदशी गाउँपालिका वडा नम्वर ३ का वडाध्यक्ष टंक साह,नेकपा एमाले बाह्रदशीका अध्यक्ष अनिल सापकोटा, राजगढ सामुदायिक अध्ययन केन्द्रका अध्यक्ष रामप्रसाद दुलाल, सामाजिक व्यक्ति प्रेम घिमिरेलगायतले शुभकामना मन्तव्य राखेका थिए ।

घनेन्द्र ढकालको संयोजकत्वमा गठित निर्वाचन समितिले पदाधिकारीको नाम घोषणा गरेको थियो । निर्वाचन समितिमा सिताराम बराल, डम्बरराज थापा रहेका थिए । बाह्रदशी उद्योग वाणिज्य संघमा २४० व्यवसायी आवद्ध छन् ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्