झापा, असार १३ । झापाको गौरीगञ्ज वडा नं १ स्थित कमल बनियानी खोलाले बगाउँदा एक बालक बेपता भएका छन् ।

बेपता हुनेमा वडा नं १ झोलुंगे टोलका वेद बिकका १३ बर्षिय छोरा मिलन बिक रहेको गौरीगञ्ज १ का वडा अध्यक्ष कात्तिकलाल राजवंशीले बताए ।

हिजो साँझ ६ बजेतिर साथीहरुसँग खोला तर्ने क्रममा ती बालकलाई खोलाले बगाएको स्थानीयले बताएका छन् । गोल खेलेर फर्कने क्रममा अन्य सात –आठ जना साथीसँग उनी खोलामा पौडी खेल्न पसेका थिए। सोही क्रममा उनलाई खोलाले बगाएको प्रारम्भिक अनुसन्धानबाट देखिएको प्रहरी निरीक्षक अनिश बुढाथोकीले बताए । ‘अरु साथीहरू खोलाबाट निस्के तर, मिलन निस्कन सकेनन् ’ खोलाबाट निस्किएका अन्य बालकलाई उदृत गर्दै प्रहरीले जनाएको छ। अहिले उनको खोजीका लागि स्थानीयवासी र प्रहरी खटिएका छन् । राति अबेरसम्म कमल बनियानी खोलामा बेपत्ता भएका बालक फेला नपरेपछि आज बिहानैदेखि उनको खोजी कार्य सुरु गरिएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्