एजेन्सी । अत्यधिक गर्मीका कारण दक्षिणी पाकिस्तानमा ६ दिनमा पाँच सयभन्दा बढीको मृत्यु भएको छ ।
![](https://pratidindaily.com/wp-content/uploads/2024/06/17c14c40-341b-11ef-9462-79d177e25adb.jpg.png)
त्यहाँ ६ दिनमा ५६८ जनाको अत्यधिक गर्मीका कारण मृत्यु भएको बताइएको छ । त्यसमध्ये १४१ जनाको मंगलवार मात्र ज्यान गएको हो । कराँचीमा तातो हावा चलिरहेको छ ।कराँचीमा ४० डिग्रीदेखि ४९ डिग्रीसम्म तापक्रम पुगेको अन्तराष्ट्रिय संचारमाध्यमले जनाएका छन् ।