झापा, असार १३ । यस वर्षको एसईई परीक्षामा झापाबाट एकजना विद्यार्थीले मात्र ४ जीपीए ल्याएका छन् ।

सिद्धार्थ बोर्डिङ स्कुल दमककी छात्रा कुशिका बस्नेतले ४ जीपीए ल्याएकी हुन् । कमल गाउँपालिका ५ पाडाजुँगीकी कुशिकाले दमकको सिद्धार्थ बोर्डिङ स्कुलबाट एसइई दिएकी थिइन् । उनी सो विद्यालयमा कक्षा २ देखि अध्ययनरत रहेको पारिवारिक स्रोतले जनाएको छ ।

बुझ्ने भएदेखि नै आफू एमबीबीएस पढ्छु भन्ने कुशिकालाई जसरी भए पनि चिकित्सा शिक्षा पढाउने बुवाआमाको इच्छा छ । २०६५ साउन ४ गते जन्मिएकी उनले एकपटक सेन्ट जेभियर्स कलेजमा प्रवेश परीक्षा दिने र नभए आफूले एसईई उत्तीर्ण गरेको सिद्धार्थमै पढ्ने बताइन् । झापाबाट एकजनाले मात्र ४ जीपीए ल्याएको शिक्षा विकास तथा समन्वय एकाई झापाले जनाएको छ ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्