झापा, असार १३ ।गत वर्षको एसईई परीक्षामा देशकै उत्कृष्ट १५ मा पर्न सफल बिर्तामोडको मोहनमाया माध्यमिक विद्यालयले यस वर्ष सर्वोत्कृष्ट भएको दावी गरेको छ ।

फाइल तस्वीर

गत वर्ष देशकै उत्कृष्ट १५ मा परेकोमा यस वर्ष संभवतः १ नं मा आउन सफल भएको विद्यालयका प्रधानाध्यापक शेरबहादुर श्रेष्ठले बताए । शिक्षा , विज्ञान तथा प्रविधि मन्त्रालयको उत्कृष्ट विद्यालयको मापदण्ड बमोजिम सामुदायिक विद्यालयतर्फ ३.२० जीपीए वा सोभन्दा माथि ९२ जना अर्थात ६२.५ प्रतिशत विद्यार्थी उत्तीर्ण गराइएको उनले जानकारी दिए ।
३.६०भन्दा माथि जीपीए आउने विद्यार्थीको संख्या २४.४९ प्रतिशत रहेको र यो नतिजासमेत जिल्लामा प्रथम हुन सक्ने दावी गरिएको छ । मोहनमायामा अध्ययनरत् विद्यार्थीमध्ये ३.६० देखि ४ जीपीए ल्याउने ३६ जना, ३.२० देखि ३.६० ल्याउने ५६ जना, २.८० देखि ३.२० ल्याउने २३ जना र २.४० देखि २.८० ल्याउने ७ जना छन् । ननगे्रडिङका विद्यार्थी २५ जना रहेको र त्यसमध्ये ग्रेडवृद्धिमा २० जना सहभागी हुने बताइएको छ ।

झापामा सामुदायिक विद्यालयतर्फ मोहनमायासंगै आदर्श मावि मेचीनगर , धुलावारी मावि , हिमालय मावि दमक , देवी मावि बिर्तामोड , कन्काई मावि सुरुङ्गालगायतको नतिजा राम्रो आएको शिक्षा विकास तथा समन्वय एकाई झापाले जनाएको छ ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्