झापा, असार १४ ।झापाको गौरीगञ्जमा खोलामा डुबेर बेपत्ता एकजनाको शव भेटिएको छ भने अर्काको खोजी कार्य जारी छ ।


हिजो दिउँसो ४ बजे गौरीगञ्ज वडा न.१ ढेबुवस्ती निवासी ४० वर्षीय लुखीराम मुर्मू वडा न. १ स्थित कमल खोला तर्ने क्रममा खोलाले बगाउँदा बेपता भएका थिए । बेपता भएको दिनदेखि सशस्त्र प्रहरी , नेपाल प्रहरी र स्थानीयवासीको सहयोगमा खोजी कार्य जारी रहेको थियो ।

आज बिहान ८ः५ बजे उनी मृत फेला परेका छन। बेपत्ता भएको स्थानबाट केही पर खोलामा घोप्टो परेको अवस्थामा उनको शब फेला परेको र पोस्टमार्टमका लागि लैजाने तयारी गरिएको वडा न.१ का अध्यक्ष कार्तिकलाल राजवंशीले बताए ।

त्यसैगरी बुधबार साँझदेखि बनियानी खोलामा हराएका बालक मिलन बिक अझै फेला नपरेको प्रहरीले जनाएको छ । उनको खोजी कार्य जारी रहेको प्रहरीले जनाएको छ । गौरीगञ्ज वडा नं १ स्थित कमल बनियानी खोलाले बगाउँदा वडा नं १ झोलुंगे टोलका वेद बिकका १३ बर्षिय छोरा मिलन बिक बेपत्ता भएका हुन् ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्