बिर्तामोड असार १५ । नेपाल तामाङ महिला घेदुङ जिल्ला समिति झापा गठन भएको छ ।

देवीमाया मोक्तानको अध्यक्षतामा तामाङ महिला घेदुङको ११ सदस्यीय जिल्ला कार्यसमिति सर्वसम्मत निर्वाचित भएको हो । जसको उपाध्यक्षमा माया तामाङ, सचिव राधिका तामाङ र कोषाध्यक्षमा पुजा योञ्जन रहेका छन् । त्यस्तै सदस्यहरुमा सरस्वती तामाङ, दुर्गादेवी तामाङ,मनमाया तामाङ र सारदा तामाङ रहेका छन् ।

नेपाल तामाङ घेदुङ जिल्ला समन्वय समिति झापाका अध्यक्ष जगतबहादुर तामाङको अध्यक्षतामा भएको कार्यक्रमको प्रमुख अतिथिमा नेपाल तामाङ घेदुङका प्रदेश अध्यक्ष रेखबहादुर तामाङ, बिशिष्ठ अतिथिमा नेपाल तामाङ घेदुङ संघीय सदस्य तथा झापा इन्चार्ज पदमबहादुर ग्याबक तामाङ,नेपाल तामाङ बिद्यार्थी घेदुङ अध्यक्ष कंचन रुम्बा ,बुद्धशान्ति अध्यक्ष देवीध्वज योञ्जन, बिर्तामोड नगर अध्यक्ष बिजय गोले, मेचीनगर काबा अध्यक्ष भक्त मोक्तान, अर्जुनधारा नगर उपाध्यक्ष रिता घिसिङ, दमक नगर उपाध्यक्ष समुन्द्र लामा ,भद्रपुर नगरका सचिब राकेश तामाङ, मेचीनगर ६ का अध्यक्ष राम घिसिङ ,महिला अध्यक्ष लक्ष्मी थिङको आतिथ्य रहेको थियो । त्यस्तै १५ स्थानीय तहमध्ये ९ पालिकाका प्रतिनिधि उपस्थिति रहेको थियो ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्