झापा, असार १६ । दक्षिणी नाकाबाट लागूऔषध भित्र्याउन खोज्ने अर्का भारतीय पक्राउ परेका छन् ।

हिजो साँझ ६.३० बजेको समयमा झापा गाउँपालिका वडा नं. ५ पन्थापाडाबाट भारत बिहार राज्य किशनगंज जिल्ला धनतौला ग्राम पञ्चायत वार्ड नं. १ बस्ने ३२ वर्षीय तनविर आलम पक्राउ परेका हुन् । बीओपी पन्थापाडाबाट खटिएको सशस्त्र प्रहरीले चेकप्वाईन्टमा चेकजाँच गर्ने क्रममा भारतबाट नेपालतर्फ आउँदै गरेको बीआर ३७ एच ९५५५ नम्बरको भारतीय मोटरसाइकललाई शंका लागेर चेकजाँच गर्दा मोटरसाइकलमा सवार आलमको साथबाट प्लाष्टिकबाहेक ५ ग्राम ४८० मिलिग्राम ब्राउनसुगर र नेपाली रुपैयाँ ३९ हजार १०० फेला परेको थियो ।

उनलाई पक्राउ गरी प्रहरी चौकी शरणामतिमा राखिएको छ । त्यस सम्बन्धमा थप अनुसन्धान कार्य जारी रहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्