झापा, असार १६ । झापाको मेचीनगरमा जंगली हात्तीले आक्रमण गर्दा एक महिला गंभीर घाइते भएकी छन् ।

हिजो साँझ ९.३० बजेको समयमा मेचीनगर नगरपालिका वडा नम्वर–१२ किरात चौकमा पसलबाट घर आउने क्रममा सोही ठाउँ बस्ने डिल्ली राईकी श्रीमती अन्दाजी बर्ष ५२ की भिममाया राईलाई हात्तीले आक्रमण गरेको थियो । कालिझोडा सामुदायिक वनबाट अचानक एउटा जंगली हात्ती बाटोमा निस्की उनलाई आक्रमण गरी घाईते बनाएको हो ।

बाँया खुट्टा र शरीरको बिभिन्न भागमा चोट लागेकी, बोल्न सक्ने मध्यम अबस्थाकी भिममायाको बीएण्डसी अस्पताल बिर्तामोडमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्