झापा, असार १६ । बिर्तामोडको खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडको परिसरमा एक युवक झुन्डिएका छन् ।


पाँचथर थालेलुङ गाउँपालिका वडा नम्बर ४ घर भई असार १२ गतेदेखि सानीआमासंगै बस्दै आएका २३ वर्षीय अर्पण साउदेन आज बिहान ५ः३० बजेको समयमा खाद्य गोदामको कम्पाउण्डभित्र रहेको आँपको रुखमा आफ्नै छालाको पेटीको पासो लगाई झुन्डी मृत अवस्थामा फेला परेका हुन् ।

खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडका बिर्तामोड शाखा प्रमुख तुलसा लुवा लिम्बू मृतक अर्पणका सानीआमा हुन् । इलाका प्रहरी कार्यालय बिर्तामोडमा जानकारी गराउनसाथ प्रहरी टोली खटिगई शबलाई पोष्टमार्टमको लागि प्रादेशिक अस्पताल भद्रपुर पठाइएको इलाका प्रहरी कार्यालय बिर्तामोडका डीएसपी प्रकाश विष्टले बताए ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्