झापा, असार १६ । पाँच वर्षसम्म प्रेम गरेर विवाह गरेको १३ दिनमै झापा बाह्रदशीका एक व्यक्तिले झुन्डिएर आत्महत्या गरेका छन् ।

बाह्रदशी ३ कुटुबस्ती बस्ने भिष्म गणेशले आज बिहान झुन्डिएर आत्महत्या गरेका हुन् । बाह्रदशी २ माइत भएकी श्रीमती विनिता गणेश हिजो बेलुका मात्र माइत गएकी थिइन् । भिष्मले राति नै आत्महत्या गरेका हुन् । उनी झुन्डिएको आज बिहान अरुले देखेका थिए ।

यसरी प्रेम विवाह गरेर १३ दिनमै भिष्मले आत्महत्या गर्दा आफूहरु अचम्भित भएको बाह्रदशीकी कार्यपालिका सदस्य लक्ष्मी निरौला अधिकारीले बताइन् । वैदेशिक रोजगारीबाट फर्केका भिष्मले असार ३ गते विनितासंग विवाह गरेका थिए । उनले आत्महत्या गर्नुको कारण खुलिसकेको छैन ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्