भद्रपुर, असार १६ । रोटरी क्लव अफ भद्रपुरको अध्यक्षमा संजयराज पोखरेल चयन भएका छन् ।

रोटरी क्यालेन्डर अनुसार जुलाई १ तारेखदेखि पुरानो समितिको पदावधि पूरा हुने हुँदा प्रस्तावित अध्यक्ष स्वतः अध्यक्ष हुने प्रावधान अनुसार पोखरेल सन् २०२४–२५ को लागि अध्यक्षमा चयन भएका हुन् ।

भद्रपुर ७ निवासी पोखरेल चिया उद्योगी हुन् । सामाजिक कार्यमा सक्रिय अन्तर्राष्ट्रिय संस्था रोटरी क्लबमा तीन वर्ष अगाडि नै प्रेसिडेन्ट, प्रेसिडेन्ट नोमिनी र प्रेसिडेन्ट इलेक्ट चयनको व्यवस्था गरिएको छ ।

भद्रपुर रोटरीको अन्य पदमा क्रमशः भाइस प्रेसिडेन्टमा डा.नवराज कोइराला,आइपीपी विनोद चापागाई,सचिवमा नरेश पराजुली, प्रेसिडेन्ट इलेक्टमा धनजुजु श्रेष्ठ, प्रेसिडेन्ट नोमिनीमा उज्वल श्रेष्ठ, ट्रेजररमा पवनकुमार श्रेष्ठ, टिआरएफ मेम्बरमा विगत ओझा, मेम्बरसीप डाइरेक्टरमा राजकुमार पोखरेल, रोटरी इमेजमा टिकाराज ढकाल,सर्भिस प्रोजेक्टमा आदित्य पराजुली, क्लब एडमिनमा दिपेश ढकाल,सर्जेट एण्ड आम्समा निरज पराजुली, क्लव ट्रेनरमा किशोर पराजुली, मेन्टरमा सुरेशकुमार मित्तल, आइटि अफिसरमा इश्वर अधिकारी, वेभ मास्टरमा भेषराज ढकाल,सोसियल मिडियामा नितेश वर्मा चयन भएका छन् ।यसैगरी सम्पूर्ण पास्ट प्रेसिडेन्टहरुलाई सल्लाहकार चयन गरिएको छ ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्