झापा, असार १७ । शैक्षिक हबको रुपमा लिइएको बिर्तामोडका विद्यालयहरुको समग्र एसईई नतिजा यसवर्ष त्यति सन्तोषजनक देखिएन ।

सामुदायिकसंगै केही संस्थागत विद्यालयकोसमेत शैक्षिक स्तर खस्किएको छ । केहीले उत्कृष्ट नतिजा निकाल्दा केहीको भने अत्यन्त कमजोर देखिएको हो । सगरमाथा आवासीय मावि सेकेन्डरी स्कुलका ८ जनामध्ये २ जना , रुद्र मेमोरियल इङ्गिलस आवासीय माविका १५ जनामध्ये ५ जना, सरस्वती एन्जल स्कुलले ५० जनामा ७ जना, बालकल्याण आवासीय माविका १२ जनामध्ये ४ जना, मनकामना सेकेन्डरी स्कुलका ५५ जनामध्ये ३२ जना उत्तीर्ण भएका छन् ।

त्यस्तै सामुदायिकतर्फ वीर अमरसिंह माविको साधारण धारमा २१ जनामध्ये २१ जना नै अनुत्तीर्ण भएका छन् । प्राविधिक धारमा ३४ जनामध्ये २९ जना उत्तीर्ण भएका छन् । त्यस्तै दुर्गा माविका ११२ जनामध्ये २० जना , देवी सेकेन्डरी स्कुलका २०८ जनामध्ये ५५ जना , देवी सेकेन्डरी स्कुलकै खुल्लामा ३४ जनामध्ये एक जना , महेन्द्रज्योति माविका ३२ जनामध्ये ४ जना , सरस्वती सेकेन्डरी स्कुलका ५० जनामध्ये ७ जना , पंचरत्न सेकेन्डरी स्कुलका १९ जनामध्ये ४ जना, महेन्द्ररत्न माविका १८१ जनामा ६६ जना उत्तीर्ण भएका छन् ।

उत्कृष्टता हासिल गर्दै आएका बिर्तामोडका केही विद्यालयहरुले यस वर्ष पनि त्यसलाई निरन्तरता दिएका छन् । सामुदायिकतर्फ मोहनमाया माविले १४७ जनामा १२२ जनालाई उत्तीर्ण गराएको छ । त्यस्तै संस्थागततर्फ न्यूटन्स एजुकेसन एकाडेमीले ११३ जनामध्ये १०७ , लिटल फ्लावर्स इङ्गिलस स्कुलले १३६ जनामध्ये १२६ , एभरेष्ट स्मार्ट एजुकेसन एकाडेमीले २२ जनामध्ये २१ , अनारमनी लिवर्टी स्कुलले ३१ जनामध्ये ३० , अबाकस बोर्डिङ स्कुलले ११ जनामध्ये १०, ग्लोरी इङ्गिलस स्कुलले १८ जनामा १७ ,ग्रीनफिल्ड स्कुलले ३४ जनामा ३३ जनालाई उत्तीर्ण गराएको छ ।

अन्य विद्यालयको नतिजा हेर्ने हो भने एसेन्ट एकाडेमीले १३ जनामा ९ , एमिटी सेकेन्डरी स्कुलले ५१ जनामा ३७ , बाल्मीकि एजुकेसन फाउन्डेसनले १५६ जनामा ११३ , बेल्स मोडल स्कुलले २८ जनामा २० , विराटज्योति इङ्गिलस स्कुलले ५२ जनामा २८ , बुद्ध स्मृति एजुकेसन फाउन्डेसनले ३४जनामा १९ , चिल्ड्रेन इन्भाइरोमेन्टले ३८ जनामा २२ ,कमनर्स होम फर एजुकेसनले १५ जनामा १० , देवकुल सेकेन्डरी स्कुलले २१ जनामा १४ , इडन गार्डेन स्कुलले ३७ जनामा ३० , गोमेन्द्र बिर्ता मोडलले १७ जनामा ६ , काबेली स्कुलले ४ जनामा ३ , कंचन इङ्गिलस स्कुलले २१ जनामा १९ , कंचनजंघा इङ्गिलस स्कुलले १०९ जनामध्ये ८० ,कन्काई आवासीय माविले २५ जनामध्ये १४ ,लालीगुराँस इङ्गिलस स्कुलले २० जनामध्ये १५ , लिटल एन्जल्स स्कुलले १७ जनामध्ये १४ , नवोदय फनमिनले ३९ जनामध्ये २७ , निदि स्कुलले २५जनामध्ये १७ , प्रशान्ति एजुकेसन फाउन्डेसनले २१ जनामध्ये १८ , सांगवेद संस्कृत माविले ३५ जनामध्ये ३२, सेन्ट जेभियर्स स्कुलले ८० जनामध्ये ६२ , टावर टेम्पल स्कुलले २९ जनामध्ये २५ जनालाई उत्तीर्ण गराएको छ । माध्यमिक तहका ४५ वटा विद्यालय रहेको बिर्तामोडका २१९५ जना विद्यार्थीहरुले एसईई परीक्षा दिएका थिए । जसमध्ये १३३६ जना उत्तीर्ण भएका छन् । जुन ६०.८७ प्रतिशत हो ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्