झापा, असार १७ । पानीमा डुबेर एक नाबालकसहित दुई जनाको मृत्यु भएको छ ।

पथरीशनिश्चरे–७ का धनराज गिरी र सुनसरी रामधुनी–८ का साजन चौधरीको पानीमा डुबेर मृत्यु भएको हो । हिजो अपरान्ह मोरङको पथरीशनिश्चरेस्थित पथरी खोलामा नुहाउने क्रममा ४६ बर्षीय गिरीलाई पानीमा डुबेको अवस्थामा स्थानीयले फेला पारेका थिए । उनलाई उपचारको लागि स्थानीय मंगलबारे अस्पताल लगिएकोमा अस्पताल पु¥याउनासाथ मृत्यु भएको हो ।

त्यसैगरी सुनसरी रामधुनी–८ कालीझोडाका सुनिल चौधरीका डेढ बर्षीय छोरा साजन चौधरीको घरनजिकै नहरको पानीमा डुबेर मृत्यु भएको छ । खेल्ने क्रममा नहरमा डुबेको अवस्थामा आफन्तले फेला पारी उपचारार्थ इनरुवा अस्पताल लगेकोमा डाक्टरले चेकजाँचका क्रममा मृत घोषणा गरेका थिए ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्