झापा, असार १८ । भारतबाट लागूऔषध भित्र्याउन खोज्ने बिर्तामोडका दुई युवा मेची पुलमा पक्राउ परेका छन् ।

पक्राउ पर्नेहरुमा बिर्तामोड नगरपालिका वडा नं. ७ बस्ने ३३ वर्षीय सुरज लामा र वडा नं.५ बस्ने २२ वर्षीय बिजय मगर रहेका छन् ।

गएराति १० बजेको समयमा मेचीनगर नगरपालिका वडा नं. ६ स्थित पुरानो मेचीपुल हुँदै भारतबाट नेपालतर्फ आउँदै गरेको को.२५ प. २४४५ नम्वरको स्कुटरलाई लागूऔषध नियन्त्रण ब्युरो काँकरभिट्टा र इलाका प्रहरी कार्यालय काँकरभिट्टाबाट खटिएको संयुक्त प्रहरी टोलीले शंका लागेर चेकजाँच गर्दा स्कुटरको फुटरेसमा प्लाष्टिकमा पोको पारी लुकाई छिपाई ल्याउँदै गरेको प्लाष्टिकबाहेक ४ ग्राम ब्राउनसुगर फेला परेको थियो ।

स्कुटरसहित स्कुटर चालक लामा र स्कुटर पछाडी सवार मगरलाई नियन्त्रणमा लिई इलाका प्रहरी कार्यालय काँकरभिट्टामा राखी थप अनुसन्धान कार्य जारी रहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्