झापा, असार १८ । मस्तिष्कघात भएका साहित्यकार, पत्रकार चूडामणि रेग्मीको स्वास्थ्यमा सुधार देखिएको छ ।

उनको स्वास्थ्यमा सुधार भएको र हिजो अपरान्ह थोरै जाउलो खाएको साहित्यकार पुण्य खरेलले जानकारी दिएका छन् । झर्रोवादका संस्थापक तथा पूर्वका मोतिरामको उपनामले परिचित रेग्मीलाई मस्तिष्कघात भएपछि प्रादेशिक अस्पताल भद्रपुरमा उपचारका लागि भर्ना गरिएको छोरा प्रदिपमणि रेग्मीले जानकारी दिएका छन् ।

भद्रपुर १० चन्द्रगढी निवासी रेग्मीलाई शनिवार राति सुतेकै अवस्थामा मस्तिष्कघात भएको पारिवारिक स्रोतले जानकारी दिएको छ ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्