झापा, असार १८ । विभिन्न रोगको कष्ट सहन नसकेर कमल गाउँपालिकाकी एक बृद्धाले झुन्डिएर आत्महत्या गरेकी छन् ।

आज बिहान कमल गाउँपालिका वडा नं. ५ आईतबारे बस्ने लालबहादुर राईकी श्रीमती ६८ वर्षीया फुलमाया राई (सुबेदी)ले आफ्नै दुई तले टाँडे घरको दोस्रो तल्लाको पश्चिमपट्टि सुत्ने कोठाको बलोमा सलको पासो लगाई आत्महत्या गरेकी हुन् ।

छोरी सन्चमाया राईले देखेर खबर गरेपछि प्रहरी टोली घटनास्थल गएको दमक प्रहरीले जनाएको छ । फुलमाया डिप्रेसन , मिर्गौला र दमको रोगबाट पीडित रहेको जनाइएको छ ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्