बिर्तामोड,असार १८ । रोटरी क्लब अफ बिर्तामोड मिडटाउनको ११ औं र रोट्रयाक्ट क्लब अफ बिर्तामोड मिडटाउनको १० औं पद हस्तान्तरण कार्यक्रम सम्पन्न भएको छ ।

हिजो साँझ बिर्तामोडमा आयोजित एक कार्यक्रमका बीच रोटरी क्लब अफ बिर्तामोड मिडटाउनका वर्ष २०२३–२४ का अध्यक्ष सिद्धार्थ नवीन उप्रेती र सचिव होम कार्कीले वर्ष २०२४–२५ का अध्यक्ष राजेन्द्रकुमार अग्रवाल र सचिव रोशन बुढाथोकीलाई पद हस्तान्तरण गरेका थिए । त्यस्तै रोट्रयाक्ट क्लब अफ बिर्तामोड मिडटाउनका वर्ष २०२३–२४ का अध्यक्ष जितेश अग्रवाल र सचिव भिष्म घिमिरेले वर्ष २०२४–२५ का अध्यक्ष संजय अग्रवाल र सचिव पियुष खेतानलाई पद हस्तान्तरण गरेका थिए । २०२३–२४ का अध्यक्ष उप्रेतीले आफ्नो कार्यकालमा भएका कामहरुको जानकारी गराएका थिए ।


२०२४–२५ का अध्यक्ष राजेन्द्रकुमार अग्रवालको अध्यक्षतामा सम्पन्न कार्यक्रमको प्रमुख अतिथि सहारा नेपाल साकोसका प्रमुख कार्यकारी अधिकृत महेन्द्र गिरी रहेका थिए । कार्यक्रमको संचालन रोटरी क्लब अफ बिर्तामोड मिडटाउनका सचिव रोशन बुढाथोकी र रोट्रयाक्ट क्लब अफ बिर्तामोड मिडटाउनका सचिव पियुष खेतानले गरेका थिए । कार्यक्रममा प्रमुख अतिथि गिरी ,संस्थापक अध्यक्ष सन्तोष अग्रवाल, २०२३–२४ का अध्यक्ष सिद्धार्थ नवीन उप्रेतीलगायतले प्रमाणपत्र र मायाको चिनो वितरण गरेका थिए ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्