लक्ष्मी उप्रेती,
मेचीनगर । मेचीनगर नगरपालिकालाई क्षयरोग मुक्त गर्न क्षयरोगी खोजी गर्दै स्वास्थ्यकर्मी गाउँ–गाउँ पुग्ने गरेका छन् ।

आर्थिक वर्ष २०७८÷०७९ को बजेट बक्तव्यमा आगामी ५ वर्षभित्र सवै स्थानीय तहलाई क्षयरोग मुक्त घोषणा गरिने उल्लेख भएअनुसार मेचीनगर नगरपालिकामा क्षयरोग मुक्त घोषणा अभियान सञ्चालन गर्न क्षयरोगी खोजी गर्दै मेचीनगरका स्वास्थ्यकर्मी गाउँ–गाउँ पुग्ने गरेका हुन् । २०७८ साल मंसिर २२ गतेको मन्त्रिपरिषद्को निर्णयबाट झापाका कुल १५ वटा पालिकाहरुमध्ये मेचीनगर नगरपालिकालाई छनौट गरी क्षयरोग मुक्त पालिका घोषणाका लागि विविध कार्यक्रम सञ्चालन भइरहेको स्वास्थ्य शाखाले जनाएको छ ।

क्षयरोग मुक्त पालिका घोषणा अभियान कार्यक्रम नेपाल सरकारको नविनतम कार्यक्रमलाई मेचीनगर नगरपालिकाले विगत तीन वर्षदेखि प्रभावकारीरुपमा सञ्चालन गरिरहेको शाखा संयोजक सविता सापकोटा निरौलाले जानकारी दिइन् । मंगलबार क्षयरोग मुक्त पालिका घोषणा अभियान कार्यक्रमअन्तर्गत आर्थिक वर्ष २०८०÷०८१ को वार्षिक कार्यक्रमको प्रगति प्रतिवेदन प्रस्तुत गर्दै शाखा संयोजक निरौलाले नगरका क्षयरोगीहरुको संख्यामा घटबढ भईरहेको जानकारी दिइन् । अघिल्लो दुई आर्थिक वर्षको तुलनामा चालु आर्थिक वर्षको जेठ मसान्तसम्म १ सय ८४ जना क्षयरोगी फेला परेका छन् । आर्थिक बर्ष २०७८÷०७९ मा पीबीसी, पीसीडी, इपीगरी कुल १ सय ८२ जना क्षयरोगी फेला परेको प्रतिवेदनमा उल्लेख छ । आर्थिक वर्ष २०७९÷०८० मा २ सय ५ जना थिए । आर्थिक वर्ष २०७८÷०७९ मा वडा नम्बर १,२,३,५,७,८,९,१२ र १३ मा क्षयरोगीको संख्या शून्य थियो ।

तर, आर्थिक वर्ष २०७९÷०८० मा ती वडाहरुमा क्रमशः २,३ १,३,४,८,९,१४ जना क्षयरोगी फेला परेका थिए । वडा नम्बर १३ मा यो वर्षमा समेत क्षयरोगीको संख्या शून्य छ । सवैभन्दा बढी क्षयरोगी वडा नम्बर —६ मा रहेको प्रतिवेदनले देखाएको छ । यो वडामा आर्थिक वर्ष २०७८÷०७९ मा ७५, आर्थिक वर्ष २०७९÷०८० मा ६१ र चालु आर्थिक वर्ष २०८०÷०८१ को जेठ मसान्तसम्म ४१ जना क्षयरोगी रहेका छन् । यसैगरी वडा नम्बर १ मा चालु आर्थिक वर्ष २०८०÷०८१ को जेठ मसान्तसम्ममा ८, वडा नम्बर २ मा ७, वडा नम्बर ३ मा ४, वडा नम्बर ५ मा ६, वडा नम्बर ७ मा १२, वडा नम्बर ८ मा ९ जना रहेका छन् । वडा नम्बर ९ मा १३ जना क्षयरोगी फेला परेका थिए । वडा नम्बर ४ मा आर्थिक बर्ष २०७८÷०७९ मा ३०, आर्थिक वर्ष २०७९÷०८० मा २६ र चालु आर्थिक वर्ष २०८०÷०८१ को जेठ मसान्तसम्ममा १७ जना क्षयरोगी फेला परेका छन् ।

वडा नम्बर १० मा आर्थिक वर्ष २०७८÷०७९ मा ३२, आर्थिक वर्ष २०७९÷०८० मा ३६ र चालु आर्थिक वर्ष २०८०÷०८१ को जेठ मसान्तसम्ममा २० जना क्षयरोगी फेला परेका छन् । वडा नम्बर ११ मा आर्थिक वर्ष २०७८÷०७९ मा २१, आर्थिक वर्ष २०७९÷०८० मा ८ र चालु आर्थिक वर्ष २०८०÷०८१ को जेठमसान्तसम्ममा १० जना क्षयरोगी फेला परेका छन् । वडा नम्बर १२ मा आर्थिक वर्ष २०७९÷०८० मा १४ र चालु आर्थिक वर्ष २०८०÷०८१ को जेठ मसान्तसम्ममा ५ जना क्षयरोगी फेला परेका छन् । वडा नम्बर १३ मा चालु आर्थिक वर्ष २०८०÷०८१ को जेठ मसान्तसम्ममा ७ जना क्षयरोगी फेला परेका छन् । वडा नम्बर १४ मा क्रमशः ६, ७ र ४ तथा वडा नम्बर १५ मा क्रमशः १८, २३ र २ज्ञ जना क्षयरोगी फेला परेको संयोजक निरौलाले जानकारी दिइन् । औषधी प्रतिरोधी क्षयरोगीको संख्या तीन आर्थिक वर्षमा क्रमशः ११, ७ र ३ जना रहेको प्रतिवेदनले देखाएको छ । आर्थिक वर्ष २०७८÷०७९ मा नगरका ६ जना र २०७९÷०८० मा नगरका १२ जना क्षयरोगीको मृत्यु भएको थियो । क्रमशः ६ र ११ जनाले बीचमै औषधि छाड्ने गरेको तथा ५ र ११ जनामा उपचारले काम नगरेको बताइएको छ ।

समय अवधिभर औषधि सेवन नगर्नु ,औषधि सेवनका क्रममा बीचबाटै हराउनु तथा अझै पनि बिरामीहरु खुलेर क्षयरोग परीक्षण गर्न नजानु नै क्षयरोग मुक्त नगरपालिका घोषणाको मुख्यः चुनौती रहेको छ ।

‘हो ! हामी क्षयरोग अन्त्य गछौं’ भन्ने मुख्यः नारासहित मेचीनगर नगरपालिकालाई क्षयरोग मुक्त पालिका घोषणा अभियान अन्तर्गत नगरपालिकामा क्षयरोग बिरामीहरुलाई पोषण प्याकेज बितरण थालिएको स्वास्थ्य शाखा सह संयोजक पुजन अधिकारीले जानकारी दिइन् । अहिले नगरको स्वास्थ्य शाखाका प्राविधिकहरुले क्षयरोगी खोजी गरिरहेको बेला भएकाले रोगीको संख्या बढ्ने क्रममा रहेको र भेटिएका रोगीको उपचार समेत गर्ने काम तत्कालै सुरु भइरहेको स्वास्थ्य शाखा प्रमुख निरौलाले बताइन् । उनका अनुसार क्षयरोगका बिरामीको परीक्षणदेखि उपचारसम्म सरकारले निःशुल्क गर्ने व्यवस्था रहेको छ । मेचीनगरका क्षयरोगीहरुका लागि छातीको एक्सरे समेत नगरपालिकाले निःशुल्क गर्ने व्यवस्था मिलाएको छ ।

क्षयरोगमुक्त पालिका बनाउन प्रतिवर्ष प्रति १० लाखमा १ भन्दा कम बिरामीको संख्या भएमा अन्त्य भएको मानिने छ । क्षयरोग निवारणका लागि स्थानीय पालिकामा नगरप्रमुखको संयोजकत्वमा नगर उपप्रमुख, वडाध्यक्ष, शिक्षक, स्वास्थ्य संस्थाका कर्मचारीलगायतको टोली र वडास्तरमा समेत समिति गठन गरिएको छ । पालिकाले क्षयरोगका बिरामीलाई गुणस्तरीय स्वास्थ्य सेवा दिने, घोषणा गर्ने, घरधुरी सर्वेक्षण गर्ने, शंका लागेकाको परीक्षण गर्ने, वडास्तरमा सुक्ष्म योजना बनाएर गाउँमा स्वास्थ्यकर्मी परिचालन, नगर र वडास्तरमा समिति गठनलगायतका कार्य थालेको छ ।

विद्यालयमा क्षयरोगसम्बन्धी स्वास्थ्य शिक्षा, क्षयरोग कार्यक्रममा स्थानीय युवा परिचालन, क्षयरोग रोग प्रभावित व्यक्ति पत्ता लगाउन महिला स्वास्थ्य स्वयम्सेविका र आमा समूह परिचालन, क्षयरोग प्रभावित व्यक्तिका लागि सीप विकास तालिम, क्षयरोग मुक्त अभियान कार्यक्रममा विरामी सहयोग समूहको संलग्नता, क्षयरोग मुक्त अभियान कार्यक्रममा नागरिक समाज संगठनको संलग्नता, क्षयरोग विरामीका लागि सामाजिक सुरक्षा तथा गरिबी निवराणका लागि पौरवी गर्ने , वार्षिकरुपमा सामाजिक लेखा परीक्षणलगायतका स्थानीय स्तरमा गरिने क्षयरोग मुक्त नेपाल घोषणा अभियान सम्बन्धी कार्यक्रमहरु रहेको प्रतिवेदनमा उल्लेख छ । आगामी आर्थिक वर्ष २०८२÷०८३ मा मेचीनगरलाई क्षयरोग मुक्त नगर घोषणा गर्न क्षयरोगका विरामीहरु खोज्ने अभियान तीव्र पारेको प्रतिवेदनमा उल्लेख छ ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्