झापा, असार १८ । साल्ट ट्रेडिङ कर्पोरेसनले नुनको मूल्य बढाएको छ।

कम्पनी सञ्चालक समितिको मंगलबार बसेको बैठकले नुनको मूल्य बढाउने निर्णय गरेको हो। निर्धारण गरिएको थोक बिक्री मूल्य अनुसार आयो नुन प्रतिकिलो २३ रुपैयाँ र न्यू शक्ति नुन प्रतिकिलो १७ रुपैयाँ कायम गरिएको छ।
उपभोक्ताका लागि आयो नुन प्रतिकिलो २६ रुपैयाँ, न्यू शक्ति नुन प्रतिकिलो २० रुपैयाँ र भानु नुन ९ रुपैयाँ कायम गरिएको छ। यसअघि आयो नुनको थोक बिक्री मूल्य २० रुपैयाँ थियो।
निर्धारण गरिएको मूल्य आज राति १२ बजेबाट लागू हुने छ। कर्पोरेसनका नायब प्रमुख कार्यकारी अधिकृत कुमार राजभण्डारीले नुनको मूल्य समायोजन गरिएको बताए।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्