झापा,असार १९ । झापाका विभिन्न ठाउँमा चोरी गर्ने ६ जनाको एक गिरोह पक्राउ परेको छ ।

पक्राउ पर्नेहरुमध्ये मुख्य प्रतिवादी कमल गाउँपालिका वडा नं. ३ बस्ने २२ वर्षीय सुस्मन थापा रहेका छन् । त्यस्तै
चोरीको सुनको औठी बिक्री गर्ने कार्यमा संलग्न कमल गाउँपालिका वडा नं. ३ बस्ने २७ वर्षीय कृष्ण थापा , सुनको औठी खरिद गर्ने पाथीभरा बराइली ज्वेलर्स सुनचाँदी पसलका संचालक कमल गाउँपालिका वडा नं. ३ बस्ने ४३ वर्षीय अर्जुन विश्वकर्मा , सोही ज्वेलर्सका अर्का संचालक कमल गाउँपालिका वडा नं. ३ बस्ने नितेश बराईली, सुनको औठी खरिद गर्ने प्रतिक्षा भेराईटी किराना पसलका संचालक मेचीनगर नगरपालिका वडा नं. १० बस्ने ४० वर्षीय सुरेशकुमार दास र अर्जुनधारा नगरपालिका वडा नं. ११ गिरीबन्धु टि इस्टेटमा काम गर्ने सोही बगानको क्वाटरमा बस्ने ५१ वर्षीय सुनिल राजवंशी पक्राउ परेका छन् । राजवंशीले चोरीको सुनको औठी, सिक्री र चाँदीको ब्रास्लेट खरिद गरेका थिए ।

ईलाम रोङ गाउँपालिका वडा नं. ५ स्थायी ठेगाना भई हाल अर्जुनधारा नगरपालिका वडा नं. ११ बस्ने ३६ वर्षीया दुर्गादेवी श्रेष्ठको घरमा र अर्जुनधारा नगरपालिका वडा नं. ११ स्टाफ चौक बस्ने ५१ वर्षीया उमा श्रेष्ठको घरमा गत जेठ १८ गते चोरी भएको थियो । त्यसैगरी बिर्तामोड नगरपालिका वडा नं. ५ नयाँ नमुना टोल बस्ने ३५ वर्षीया गंगा काफ्ले पौडेलको घरमा गत जेठ २१ गते चोरी भएको थियो । ती घटनाको सूचना इलाका प्रहरी कार्यालय बिर्तामोडमा प्राप्त भएपछि सो कार्यालयबाट खटिएको प्रहरी टोलीले चोरीमा संलग्न गिरोहलाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता डीएसपी कृष्णकुमार चन्दले बताए ।

असार १७ गते चोरीका सामानहरुसहित ६ जनालाई नियन्त्रणमा लिई झापा जिल्ला अदालतबाट ५ दिनको म्याद थप गरी सो सम्बन्धमा थप अनुसन्धान कार्य जारी रहेको डीएसपी चन्दले जानकारी दिए ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्