झापा, असार १९ । नेपाली सेनाको चारआलीस्थित अरिदमन गणमा एकदिने स्वास्थ्य शिविर बुधवार सम्पन्न भएको छ ।
![](https://pratidindaily.com/wp-content/uploads/2024/07/11-1-1024x682.jpg)
मेची आँखा अस्पताल सैनिकमोडको प्राविधिक सहयोगमा सेनाका अधिकृत र जवानहरुको आँखा जाँच गरिएको हो । मेची आँखा अस्पतालका युवराज बोहोरा , कविता कार्कीलगायतका स्वास्थ्यकर्मीहरुले आँखा जाँच गरेका थिए । त्यस्तै झापाका वरिष्ठ नाक, कान , घाँटी रोग विशेषज्ञ डा. रणधीर राजवंशीले नाक, कान , घाँटीसम्बन्धी स्वास्थ्य जाँच गरेका थिए ।
![](https://pratidindaily.com/wp-content/uploads/2024/07/1-1-1024x682.jpg)
आँखामा २१२ र नाक , कान , घाँटीमा ३० जना गरी २४२ जनालाई स्वास्थ्य जाँच गरिएको गणका गणपति प्राजु बस्न्यातले जानकारी दिए । उनले यस किसिमको सहकार्यमा नेपाली सेनाले निकट भविष्यमा दुर्गम स्थानहरुको पहिचान गरी निःशुल्क स्वास्थ्य शिविर संचालन गर्न लागेको बताए ।
![](https://pratidindaily.com/wp-content/uploads/2024/07/37b389f6-941e-4712-beea-023dad227676-1024x682.jpg)