बिर्तामोड, असार १९ । बिर्तामोड नगरपालिकालाई पूर्ण खोप सुनिश्चित पालिका घोषणा गरिएको छ ।

१६ महिनादेखि २३ महिनासम्मका बालबालिकालाई १५ महिनाभित्र पाउनुपर्ने सबै खोप लगाइसकेको सुनिश्चिततासहित पूर्ण खोप पालिका घोषणा गरिएको हो ।

राष्ट्रिय खोप तालिका अनुसार २०८१ असार १७ गतेसम्ममा ८ हजार २ सय ५१ जना बालबालिकालाई सबै प्रकारका खोपहरु लगाईएको स्वास्थ्य शाखाले जनाएको छ । तथ्याङ्क अनुसार खोप लगाउन छुटेका ५२ जनालाई खोजेर लगाएको स्वास्थ्य शाखाका सिनियर अहेब अधिकृत दीपक सापकोटाले जानकारी दिए । पालिकाका १० वटै वडाका बालबालिकाले पूर्णरुपमा खोप पाएको सुनिश्चित भएपछि पूर्ण खोप सुनिश्चित पालिका घोषणा गरिएको स्वास्थ्य शाखा प्रमुख राजिवकृष्ण विष्टले बताए ।
स्वास्थ्य शाखाद्वारा आयोजित पूर्ण खोप सुनिश्चित पालिका घोषणा प्रतिबद्धतापत्रमा नगर प्रमुख पवित्रा महतारा प्रसाई, उपप्रमुख नगेन्द्रप्रसाद संग्रौला, प्रमुख प्रशासकीय अधिकृत राधाकृष्ण खतिवडालगायत वडाध्यक्षलगायत जनप्रतिनिधि तथा कर्मचारीहरुले हस्ताक्षर गरेका छन् ।


बिर्तामोड नगरपालिकाले यसअघि धर्म, जातजाति, जनसंख्या र स्वास्थ्य क्षेत्रको सम्पूर्ण तथ्यांकसहितको ‘स्वास्थ्य पार्श्वचित्र’ पुस्तक सार्वजनिक गरेको थियो ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्