झापा, असार २० । चलचित्र ‘तैँ चुप मैँ चुप’ निर्माण घोषणा गरिएको छ । पोलिटिकल कमेडी जनराको उक्त फिल्मलाई घनश्याम लामिछानेले निर्देशन गर्नेछन् । चलचित्रका कलाकार एवम् निर्माता सन्तोष अधिकारीको जन्मोत्सवको अवसर पारेर चलचित्र निर्माणको घोषणा गरेको हो ।
पोलिटिकल सस्पेन्स कथा रहेको चलचित्रमा समसामयिक राजनीतिक घटनाक्रमहरूलाई कमेडी शैलीमा प्रस्तुत गरिने निर्देशक लामिछानेले बताए । काठमाडौं र पोखरामा छायाङ्कन हुने बताएको निर्माणपक्षले चलचित्रका लागि कलाकार छनोटको काम भइरहेको जनाएको छ ।
सन्तोष अधिकारी फिल्म्सको व्यानर एवम् अस्याप इन्टरटेन्मेन्ट नेपाल र अस्ट्रेलियाको निर्माण सहकार्यमा फिल्म निर्माण हुन लागेको हो । चलचित्रमा आशिष थापा मगर र प्रतिमा थापाको लगानी रहने छ भने चलचित्रको सम्पूर्ण मार्केटिङ् र ब्रान्डिङ् आइडिया पिक्सेलका तर्फबाट पवनराज जोशीले गर्ने छन् ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्