झापा, असार २० । धनुषाको धनौजीस्थित पोखरीमा डुबेर तीन बालिकाको मृत्यु भएको छ ।

धनौजी गाउँपालिका–५ बअुहर्वाका कलिम खानकी छोरी अजमेरी खातुन, हलिम खानकी छोरी जिनत खातुन र अब्दुल खानकी छोरी मुस्कान खातुनको डुबेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय धनुषाका प्रहरी नायव उपरीक्षक रञ्जन अवाले बताए । मृत्यु हुनेहरु सबै १० देखि १२ वर्ष उमेर समूहका रहेको अवाले बताए ।

आज दिउँसो सवा १२ बजेतिर घोंघाउन पोखरीमा बालिकाहरुलाई डुबिरहेको अवस्थामा स्थानीयले देखेपछि उद्धार गरेका थिए । उपचारका लागि प्रादेशिक अस्पताल जनकपुर ल्याउने क्रममा उनीहरुको मृत्यु भएको हो । बालिकाहरुको शव पोस्टमार्टमको लागि प्रादेशिक अस्पताल जनकपुरमा राखिएको र घटनाबारे थप अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्