झापा , असार २० । झापाको बाह्रदशी– ३ स्थित राधाकृष्ण तथा शिवालय मन्दिरमा दान पेटिका फुटाउँदै गर्दा एक जना युवक पक्राउ परेका छन् ।

आज बिहान १०.३० बजेतिर मन्दिरको दान पेटिका फुटाउँदै गर्दा इलाम सूर्योदय नगरपालिका १० फिक्कल घर भएका अन्दाजी २७–२८ वर्षका प्रज्वल भनिने प्रेम राई पक्राउ परेका हुन् उनलाई स्थानीयले पक्राउ गरी प्रहरीको जिम्मा लगाएका छन् । राईको साथबाट दान पेटिकाबाट चोरी गरेको १२८७ रुपैयाँ , एउटा आइफोन , अर्को मोबाइल , साइकल ,औंठी , चन्द्रमालगायतका सामान बरामद भएको इलाका प्रहरी कार्यालय राजगढका प्रहरी नायव निरीक्षक राजेन्द्र शर्माले बताए ।

बरामद सामानहरु

यसअघि पनि मन्दिरमा दान पेटिका चोरी गरेको राईले स्वीकारेका छन् । उनीसंग बरामद सामानहरु पनि उनले चोरी गरेको कुरा बताएको प्रहरी नायव निरीक्षक शर्माले जानकारी दिए ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्