झापा, असार २० । ट्रयाकको गोजीमा ब्राउनसुगर लुकाएर ल्याउने झापा दमकका २३ वर्षीय एलिन दर्नाल बिर्तामोडमा पक्राउ परेका छन् ।

बिहीवार साँझ ५ः३० बजेको समयमा बिर्तामोड नगरपालिका वडा नम्बर ४ स्थित पश्चिम स्टेन्डबाट इलाका प्रहरी कार्यालय बिर्तामोडबाट खटिएको टोलीले शंकास्पद अवस्थामा फेला पारी चेकजाँच गर्दा दर्नालले लगाएको कालो रंगको ट्रयाकको बायाँ गोजीमा सेतो रंगको प्लाष्टिकको पोकामा प्लाष्टिक बाहेक २ ग्राम ४७० मिलिग्राम ब्राउनसुगर फेला परेको थियो ।

उनलाई नियन्त्रणमा लिई थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्