झापा, असार २१ । झापा गाउँपालिका वडा नं ३ कामाटोलीमा श्रीमतीलाई हत्या गरी श्रीमान फरार भएका छन् ।

आज साँझ अन्दाजी ५.१५ बजे झापा गाउँपालिका वडा नं.३ कामाटोली निवासी अन्दाजी वर्ष ३३–३४ को सतिसकुमार गणेशले आफ्नो श्रीमती अन्दाजी वर्ष २४–२५ की अनिशाकुमारी गणेशलाई हम्मरले हानी हत्या गरेका हुन् । घटनापछि हत्यारा गणेश हाल फरार रहेको र उनको खोजी भइरहेको प्रहरीले जनाएको छ ।श्रीमान– श्रीमतीबीच पहिला पनि झगडा हुने गरेको र आज झगडा हुँदा हम्मरले हानी श्रीमतीको मृत्यु भएपछि श्रीमान फरार रहेको जनाइएको छ ।जिल्ला प्रहरी कार्यालयको टोलीले शवको मुचुल्का उठाइरहेको छ ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्