झापा, असार २१ । बिर्तामोड नगरपालिका २ नम्बर कार्यालयले वडाभित्र संचालित विद्यालयलाई खेलकुद सामग्री तथा बाल क्लब ब्यानर प्रदान गरेको छ ।

वडा कार्यालयले बालमैत्री कार्यक्रमअन्तर्गत खेलकुद क्षेत्रमा बालबालिकालाई प्रेरित गर्ने उद्धेश्यले ती सामग्री प्रदान गरेको वडाध्यक्ष किशोरकुमार पौडेलले जानकारी दिए । वडा कार्यालयले वडाभित्र संचालित रहेका विद्यालयमा बाल क्लब गठन गरिएका सामुदायिक तथा संस्थागत विद्यालयलाई सामग्री हस्तान्तरण गरेको वडाध्यक्ष पौडेलले जानकारी दिए ।
उनले वडाभित्रका बालबालिकालाई समान रुपमा कार्यक्रममा सहभागी गराईएको बताए । बालबालिकालाई फुटबल ,भलिबल ,ब्याटमिन्टन,चेसलगायतका खेलका सामग्री बितरण गरिएको वडा सचिव हिमा पोख्रेलले जानकारी दिईन् ।

कार्यक्रममा कार्यपालिका सदस्य तिला गौतम ,सदस्य ओमनाथ गौतम ,बालबालिका तथा शिक्षा संचार मञ्चका संयोजक सरोज पौडेल ,सामाजिक अभियन्ता माधब खरेल ,रोहित राईलगायतको उपस्थिति रहेको थियो ।

शुक्रबार वडाका पञ्चरत्न मा.वि. , वीर अमरसिंह मा.वि. , देबकुल ,बालकल्याण ,मोहनमाया ,साङ्वेद र निदि मा.वि का बालबालिकालाई उक्त सामग्री प्रदान गरिएको थियो । सोही कार्यक्रमअन्तर्गत साङ्गवेद विद्यालयबाट यस बर्षको एसईई परीक्षा उत्तीर्ण विद्यार्थीलाई बधाई तथा शुभकामना दिइएको थियो ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्