झापा,असार २२ । शुक्रबादेखि सुरु भएको वर्षाका कारण आएको बाढीले देशभरका अधिकांश जलविद्युत आयोजनाको उत्पादन ठप्प भएको छ । नेपाल विद्युत प्राधिकरणले दिएको जानकारीअनुसार देशभर साढे ६०० मेगावाट क्षमताका आयोजनाको उत्पादन ठप्प भएको हो ।

४५६ मेगावाट क्षमताको माथिल्लो तामाकोसी जलविद्युत आयोजनाको उत्पादन पनि ठप्प भएको छ । यो देशको सबैभन्दा ठूलो क्षमताको आयोजना हो । योसहित नेपाल विद्युत प्राधिकरण र सहायक कम्पनीको कूल ५२६ मेगावाट क्षमताको उत्पादन रोकिएको हो ।

यसबाहेक निजी क्षेत्रका उत्पादकहरुले उत्पादन गरेको बिजुलीको उत्पादन समेत रोकिएको छ । बलेफी, मोदी, मध्य मोदी लगायतका आयोजनाको उत्पादन रोकिएको छ । यस्तै लिखु, मध्य तमोर, सोलु दुधकोसी, सोलु दुधकोसी लगायतका आयोजनाको उत्पादन समेत रोकिएको बताइएको छ ।

यसबाहेक देवीघाट र चमलेलिया आयोजनाको उत्पादन समेत रोकिएको प्राधिकरणले जनाएको छ ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्