झापा, असार २१ । खोटाङमा जारी कोशी प्रदेशस्तरीय महिला फुटबल प्रतियोगितामा ताप्लेजुङ सेमिफाइनलमा पुगेको छ। शुक्रबार भएको खेलमा आयोजक खोटाङलाई ४–० गोल अन्तरले पराजित गर्दै ताप्लेजुङ सेमिफाइनलमा पुगेको हो।

खोटाङको बुइपा रंगशालमा हुँदै आएको क्वाटरफाइनलमा खोटाङविरुद्ध पहिलो हाफमा ताप्लेजुङका तर्फबाट डोल्मा शेर्पाले गोल गरेकी थिइन् । खेल अवधिभर खोटाङलाई दबाबमा राखेको ताप्लेजुङले दोस्रो हाफमा ३ गोल ग¥यो। दोस्रो हाफमा विनिता खबास, सुस्मा लिम्बू र अनुषा लिम्बूले गोल गरे ।

खोटाङका खेलाडीहरु गोल गर्ने निरन्तर प्रयास गरे पनि सफल बन्न सकेनन्। यसरी खोटाङविरुद्ध ताप्लेजुङले सहज जित हासिल गरेको जिल्ला खेलकुद विकास समितिका अध्यक्ष नरेन्द्रकुमार लिम्बू (गणेश) ले जानकारी दिए । कोशी प्रदेशका १४ वटै जिल्ला सहभागी रहेको प्रतियोगिता असार २५ गते सम्पन्न हुने बताइएको छ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्