झापा, असार २२ । झापाको बिर्तामोडमा पानीमा डुबेर एकजनाको मृत्यु भएको छ ।

आज दिउँसो २.४५ बजेको समयमा बिर्तामोड नगरपालिका वडा नम्बर १० इलामेली टोल बस्ने ३५ वर्षीय सुनिल मुर्मुको घरनजिकै रहेको पैनीमा डुबेर मृत्यु भएको हो । स्थानीयले देखेर जानकारी गराएपछि अनुसन्धान तथा कानुनी प्रकृयाको लागि इलाका प्रहरी कार्यालय अनारमनीबाट टोली खटिएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्