झापा, असार २३ । भारतको मेघालयमा ४ जना जनाको घाँटी रेटेर हत्या भएको छ ।

मेघालयको कोइलाखानीमा काम गर्न गएका ४ जना मजदुरको बीभत्स हत्या भएको हो ।
सो घटना मेघालय राज्यअन्तर्गत सुतंगा जयन्तिया हिल्समा भएको हो । सञ्चारमाध्यमहरूले पहिला बाँधेर त्यसपछि धारिलो हतियार प्रयोग गरेर उनीहरूको हत्या गरे जस्तो देखिएको जनाएका छन् । घटना भएको स्थान मेघालयको राजधानी शिलोङबाट १३० किलोमिटर टाढा रहेको बताइएको छ ।

मारिने ४ जनामध्ये दुई जनाको पहिचान खुलेको छ । इलामका २३ वर्षीय रवि राईको पहिचान खुलेको पुलिस सुपरिटेन्डेन्ट गिरी प्रसादले बताए । त्यस्तै अर्का मृतक जयन्तिया हिल्स बस्ने स्थानीय ३३ वर्षीय नासर किन्देत रहेको भारतीय संचारमाध्यमले जनाएका छन् । अरु मृतक पनि नेपालको हुनसक्ने बताइएपनि उनीहरुको पहिचान खुलिसकेको छैन । ४ जना नै स्थानीय कोइला खानीमा काम गर्दै आएको बताइएको छ ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्