झापा, असार २३ । देशबाट अधिकांश वस्तुुको निर्यात घटिरहेको बेला सिमेन्ट र क्लिङ्करको निर्यात भने ४८४ प्रतिशतले वृद्धि भएको छ । स्थानीय बजारमा सिमेन्टको खपत न्यून हुुँदा निर्यातमा उलेख्य वृद्धि भएको हो । चालुु आर्थिक वर्षको ११ महिनामा साढे तीन अर्ब रुपियाँ बराबरको सिमेन्ट र क्लिङ्कर निर्यात भएको छ ।

भन्सार विभागको तथ्याङ्क अनुसार चालुु आवको साउनदेखि जेठ महिनासम्म तीन अर्ब ६५ करोड ७१ लाख ६१ हजार रुपियाँ बराबरको सिमेन्ट र क्लिङ्कर निर्यात भएको हो ।

११ महिनामा एक अर्ब ८३ करोड ४६ लाख ८९ हजार रुपियाँको सिमेन्ट र एक अर्ब ८२ करोड ४५ लाख ७१ हजार रुपियाँको क्लिङ्कर निर्यात भएको छ । गत वर्ष सो अवधिमा ३१ करोड ३६ लाख ४२ हजार रुपियाँ बराबरको सिमेन्ट निर्यात भएको थियो । चालुु आवको ११ महिनामा एक अर्ब ८२ करोड ४६ लाख ८९ हजार रुपियाँको क्लिङ्कर निर्यात भएको छ । गत वर्ष सो अवधिमा ३६ करोड ४० लाख ११ हजार रुपियाँको क्लिङ्कर निर्यात भएको थियो ।
सरकारले गत आवको बजेटमार्फत सिमेन्ट निर्यातमा आठ प्रतिशतसम्म नगद अनुुदानको व्यवस्था गरेसँगै निर्यातमा उलेख्य वृद्धि भएको हो । देशको समग्र निर्यात निराशाजनक रहेका बेला सिमेन्ट र क्लिङ्करको बढ्दो निर्यातले आशा जगाएको छ । सिमेन्ट उत्पादक सङ्घका अध्यक्ष ध्रुव थापाले आन्तरिक बजारमा खपत न्यून हुँदा सस्तो मूल्यमा निर्यात गरेकाले निर्यातमा वृद्धि भएको जानकारी दिए ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्