झापा,असार २३ । गुजरातको सूरतमा एक भवन भत्किँदा ७ जनाको मृत्यु भएको छ । गुजरातको सुरतको सचिन पाली गाउँमा रहेको ६ तले भवन शनिबार दिउँसो भत्किएको हो ।

१२ घण्टा देखि चलिरहेको उद्धार अभियानमा ७ वटा शव निकालिएको छ भने भत्किएको भवनको भग्नावशेष हटाउने काम जारी रहेको जिल्ला डीएसपी राजेश परमारले जानकारी दिए। घटनाको समयमा ठूलो आवाज आएकाले स्थानीय मानिसहरूले भूकम्प आएको ठानेका थिए।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्