झापा,असार २३ । भद्रपुरका युवा ब्यवसायी आदित्य पराजुलीको फेसबुक आइडी दुरुपयोग गरी ठगी गर्न खोज्नेमाथि उजुरी दिइएको छ ।
व्यवसायी पराजुलीको फेसबुक आइडीबाट उनका साथीभाइ , आफन्तहरुसंग रकम ठग्न लागिएको थियो । न्यूजिल्याण्डमा रहेका एकजना आफन्तसंग सय डलर ठग्न लाग्दा आफूले थाहा पाएर हतारहतार पैसा हाल्न रोकेको उनले बताए ।
त्यस्तै भद्रपुर झापा गोल्डकपका अध्यक्ष दिपेश ढकाल , माओवादी केन्द्रका भुपाल सापकोटालगायत धेरैजनासंग रकम ठग्ने प्रयास गरिएको थियो । जिल्ला प्रहरी कार्यालय झापामार्फत साइबर ब्युरोमा आज उजुरी दिइएको उनले जानकारी दिएका छन् ।