झापा,असार २५ । मलेसियामा बिरामी अबस्थामा अलपत्र परेका भद्रपुर ४ का चन्द्रबहादुर लिम्बूलाई भद्रपुर नगरपालिकाले पहल गरी घर फर्काएको छ ।

भद्रपुर नगरपालिकाको निरन्तर पहलमा कन्सुलर सेवा विभागले लिम्बूसँग सम्पर्क गरी सुरक्षित आप्रवासन सामी कार्यक्रमको समन्वयमा हिजो नेपाल फर्काएको नगरपालिकाले जनाएको छ । लिम्बू वैदेशिक रोजगारीका लागि मलेसियाको सेलेङ्गर केलाङमा विगत २३ वर्षदेखि कार्यरत थिए ।

विगत १४ वर्षदेखि परिवारसँग सम्पर्कमा नरहेका लिम्बू बिरामी अवस्थामा अलपत्र परेको समाचार संचारमाध्यममा प्रकाशित भएको थियो ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्