झापा, असार २५ । दमक बहुमुखी क्याम्पसमा शैक्षिक वृद्धिविकासमा सहयोग पु¥याउने उद्देश्यले एक लाख ५० हजार पाँच सय ५५ को अक्षय कोष स्थापना गरिएको छ । क्याम्पस सञ्चालक समितिकी उपाध्यक्ष रिता बस्नेत श्रेष्ठले स्वर्गीय ससुराबुवा इन्द्रबहादुर श्रेष्ठको स्मृतिमा एक लाख ५० हजार पाँच सय ५५ को कोष स्थापना गरेकी हन् ।

क्याम्पसका पूर्वकर्मचारी हरिकृष्ण तिम्सिनाले आफ्ना मातापिताको सम्झनामा ५१ हजार राशिको स्वर्गीय नरपति–विष्णुमाया तिम्सिना स्मृति अक्षय छात्रवृत्ति कोष स्थापना गरेको क्याम्पसका प्रशासन प्रमुख पदम घिमिरेले जानकारी दिए । क्याम्पसमा विभिन्न दाताहरूबाट हालसम्म एक दर्जन बढी अक्षय कोष स्थापना गरिएका छन् ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्