झापा,असार २५ । अविरल वर्षाका कारण माईखोलामा आएको बाढीका कारण झापा गाउँपालिकाका ५१ घर प्रभावित भएका छन् ।

आज बिहान अन्दाजी ११ः३० बजेको समयमा अविरल वर्षाका कारण गौरीगंज र झापा गाउँपालिका वडा न. १ को सिमाना टप्पुस्थित माईखोलाको पानीको बहाव बढेर डुबान गर्दा झापा गाउँपालिका २ सुगाबथान बस्तीका बासिन्दा प्रभावित भएका हुन् । बस्तीमा अन्दाजी अढाई फिट पानी पसेको प्रहरीले जनाएको छ । त्यस्तै वडा नं २ को कुवाडी गाउँमा पनि घुँडासम्म पानी जमेको हाम्रा संवाददाता बरतलाल राजवंशीले जनाएका छन् । उक्त स्थानतर्फ इलाका प्रहरी कार्यालय कुमरखोदबाट प्रहरी नायव निरीक्षक दिपेन्द्र राईको कमाण्डमा ४ जनाको टोली र बीओपी टाघनडुब्बाबाट सशस्त्र प्रहरी निरीक्षकको कमाण्डमा ७ जनाको टोली खटिएको छ ।माईखोलानजिकै रहेका वडा न. १ को मिलनबस्ती , सालमारा , लसुनगंज , सितुमारी , वडा नं २ को टप्पुगाउँ , सुगाबथान , कुवाडी , हवलदार बस्ती ,बालुवाटार र सडकवारी जोखिममा परेका छन् ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्