झापा, असार २५ । गएराति आएको जंगली हात्तीले भद्रपुर नगरपालिका वडा नं १ मा क्षति गरेको छ ।

राति १२ः२५ बजे भद्रपुर १ रिमझिम टोलस्थित जंगलबाट आएको एकल जंगली हात्तीले सोही ठाउँ बस्ने गेलबहादुर भुजेलको भान्सा घरमा रहेको ५० मन चामल,८० मन कोदो खाई करिब २५ हजार मूल्य बराबरको क्षति गरेको छ ।

सोही हात्तीले तुलसी चौक बस्ने डम्बरबहादुर थापा क्षेत्रीको ईटाको वाल, जस्ताको छानो भएको एकतले भुइँ घर भत्काएको छ । घरको पश्चिमपट्टिको वाल र जस्ताको छानो भत्काउँदा ४० हजार मूल्य बराबरको क्षति भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्