झापा,असार २५ । गएरातिदेखिको निरन्तर वर्षाका कारण त्रियुगा नगरपालिका–१५ तोरीबारीमा पहिरोमा परी एक जनाको मृत्यु भएको छ भने अन्य दुईजना घाइते भएका छन्।

जिल्ला प्रहरी कार्यालयका अनुसार आठ वर्षका रुपकला मगरको मृत्यु भएको तथा ४० वर्षीया हीरामाया मगर र निजका सात वर्षीय छोरा योगेश मगर घाइते भएका हुन्। गम्भीर भएका उनीहरूको स्थानीय अस्पतालमा उपचार भइरहेको छ।

तोरीबारीमा पहिरोले चार घर पुरेको छ भने अन्य पाँच घर उच्च जोखिममा छन्।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्